सत्ता संकट : प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा २ घण्टा लामो भेटवार्ता
काठमाडौं । राष्ट्रपतिको विषयमा सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच अविश्वास बढिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच ‘वान टु वान’ भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । पूर्वसहमति बमोजिम राष्ट्रपति एमालेले पाउनुपर्ने भन्दै ओलीले प्रधानमन्त्रीलाई निरन्तर दबाब दिइरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान कायमै राखेका छन् ।
पूर्वअडानबाट पछि हटेर प्रधानमन्त्री पछिल्लो समय कांग्रेससँग नजिकिएको आशंका ओलीले गर्दै आएका छन् । सोही आशंकाबीच ओलीले लामो भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सरकार गठन भएयता प्रधानमन्त्री र ओलीको यो छैटौं पटक भेटवार्ता हो । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । १३ फागुनमा उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया