NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एनटिसी मोबाइलमा ५०० रिचार्ज गर्दा पैसा गायब, कल निषेधित

काठमाडौं । पछिल्लो केही समययता नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान हुनुको साटोमा झन् बढ्दै गएको पाइएको छ । टेलिकम प्रयोगकर्ता ग्राहकहरु नेटवर्कमा देखिएको समस्याले आजित हुन थालेका छन् ।

यस्तै खालका समस्या केही समयअघि पनि भएको थियो । टेलिकमले प्राविधिक समस्या देखिएको भन्दै अर्कोपटक गल्ती नहुने विश्वास ग्राहकलाई दिलाए । समस्या भने घट्नुको साटो बढ्दै गएको छ । टेलिकम भने प्राविधि समस्या भन्दै पन्छिन खोजिएको देखिन्छ । नीतिगत प्रणालीमा सुधार गर्दै जाने कुरा भएपनि टेलिकम सुधार गर्ने पाटोमा भने कमजोर देखिएको छ ।

हिजो दिउँसोतिर पनि टेलिकमको नेटवर्कमा समस्या देखियो । छिनमै कल काट्ने, फोन नलाग्ने, एसमएम नजाने तथा डाटासमेत चलाउन नमिल्ने भयो । केही छिनमै समस्या समाधान भएजस्तो देखिएपनि पटक पटक त्यही समस्या दोरिरहदा ग्राहकहरुले असुविधा महसुस गरेको गुनासो गरेका छन् ।

नेपाल टेलिकमको पोष्पेड नेटवर्कमा पनि बुधबारदेखि समस्य देखिएको छ । पोष्पेड मोबाइल प्रयोगकर्ताको पर्याप्त ब्यालेन्स हुँदाहुँदै पनि ‘वान–वे’ बनाइदिएपछि ग्राहकहरू समस्यामा परेका छन् ।

फोन नलाग्ने समस्याबाट पीडित भएका नेपाल टेलिकमका ग्राहकले एकाएक ब्यालेन्स काटिएको, ब्यालेन्स हुँदाहुँदै वान– वे भएको जस्ता समस्याको बारेमा गुनासो गर्दै आएका छन् ।

यस्तै समस्यामा परेका एक जना पत्रकार गणेश पाण्डेले हरेक महिना टेलिकममा भुक्तानी गर्नुपर्ने पोष्पेड रेन्टल चार्ज अन्तर्गतको रकम ३८३ रुपैयाँका लागि बुधबार ५०० रुपैयाँ रिचार्ज गरे । टेलिकमलाई भुक्तानी गर्नुपर्ने रकम ३८३ रुपयाँ रिचार्ज गर्दासमेत कल वान–वे भएको उनले बताए ।

त्यस्तै नेकापा एमालेकी नेत्री उषा किरण तिमल्सिनाले आफ्नो पोसपेड मोबाइलमा पर्याप्त रकम भएपनि टेलिकमले पैसा गायब बनाएर कल नै वन वे बनाइदिएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यी केवल टेलिकमको सेवा प्रयोगबाट समस्या झेल्नुपरेको घटनाका केही प्रतिनिधिमूलक पात्रहरु मात्रै हुन् । टेलिकमको समस्याबाट पीडित हुनेको संख्या भनै धेरै नै छन् ।

टेलिकमको नेटवर्कमा देखिएको यो समस्याबारे जिज्ञासा राख्दा, टेलिकमका प्रवक्ता शोभन अधिकारीले समस्या समाधानको बारेमा समिति नै गठन गरेर छानबिन भइरहेको जानकारी दिएका छन् । पोष्टपेड मात्र नभइ प्रिपेड मोबाल नेट वर्किङमासमेत समस्या देखिएको छ’,उनले भने, ‘समस्या समाधानको उपाय अहिलेसम्म पत्ता लाग्न सकेको छैन । समस्या समाधानका बारे अध्ययन गरिरहेका छौं ।’

वान–वे भएको बारेमा राखिएको प्रश्नमा अधिकारीले बिल रनको काम भइरहेकोले केहीबेरमा समस्या समाधान हुने बताए । उनले बिलिङ सिस्टममा समस्या नभएर हिसाब गर्न ढिलाई हुँदा यस्तो भएको पनि बताएका छन् ।

साथै ग्राहकको ३८३ रुपैयाँ रकम छिट्टै फिर्ता हुने र वान वे हट्ने पनि जानकारी दिएका छन् ।