शिक्षा बहस : हाम्रो शिक्षाको गुणस्तरले कुनै पनि वर्गलाई समेट्न सकेन
काठमाडौं । नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको आजको एपिसोडमा नेपालको उच्च शिक्षामा रहेका चुनौती र अवसरका विषयमा संवाद गरिएको छ ।
संवादमा नवउद्यमी अमिगो खड्का र कार्यक्रम सञ्चालक तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले शिक्षा क्षेत्रमा विद्यमान समस्या केलाउनेसँगै समाधानको उपाय खोज्ने प्रयास गरेका छन् ।
अमेरिका र बेलायतमा उच्च शिक्षा हासिल गरेर नेपाल फार्किएका खड्का नव उद्यमी हुन् । विद्यालय जीवनमा हुँदा नै विदेश पढ्न जाने सपना बुनेका उनलाई नेपाल बाहिरको शिक्षा कस्तो होला भन्ने कौतुहुलता सधैं हुन्थ्यो ।
नेपालको शिक्षाको गुणस्तरका कारण विमानस्थलमा दई किसिमको लाइन कोरिएको उनले बताए । एउटा अस्ट्रेलिया, अमेरिका, बेलायत र जापान पढ्न जानेको लाइन र अर्को कोरिया, दुबई कतार जाने लाइन । हाम्रो शिक्षाको गुणस्तरले यी दुवै किसिमको वर्गलाई समेट्न नसकेको उनको बुझाइ छ । एउटा वैदेशिक स्तरको शिक्षा खोज्ने र यहीँ रोजगारी पाउने किसिमको शिक्षा खेज्नेलाई समेट्नमा हाम्रो शिक्षा चुकेको उनले बताए ।
‘यहीँ राम्रो उच्च शिक्षा पाएकोले पनि नेपालमा भन्दा विदेशमै राम्रो गर्न सक्छु भन्ने सोच्छ । यो वर्ग उत्साहित भएर अष्ट्रेलिया, अमेरिका जान खोजेको हुन्छ’ उनले भने, ‘त्यो भन्दा पनि लामो लाइन शिक्षाले समेट्न र रोजगारी पनि दिन नससेकाको लाइन हुन्छ । जसकारण बाध्यवश खाडी मुलुक जानुपरिरहेको छ ।’
पढाइ सकेपछि केही गर्छु भन्ने उद्देश्यका साथ उनी नेपाल फर्किए । सामान्यता विदेशमा पढेर नेपाल फर्किएको भन्नेवित्तिकै कसैलाई हिरो बनाइनु यहाँ नौलो होइन । तर यस्तो भाष्य अब विस्तारै फेर्नुपर्ने र नेपाल फर्किनुलाई सामान्यीहरण गर्दै लैजानुपर्ने उनी बताउँछन् ।
त्यस्तै, कतिबेला पाठ्यक्रम सक्काउने भन्नेबारे रहेको हाम्रो शिक्षा प्रणालीको ध्यान पनि अब अन्तै केन्द्रीत हुनुपर्ने उनको तर्क छ ।
कुराकानीको क्रममा खड्काले हाम्रो विद्यमान शिक्षा प्रणलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
हेर्नुहोस् उनीहरू दुइबीच भएको संवादको पूरा अंश
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया