नेपाल बसेर गैरकानुनी सम्पत्ति जोड्ने भारतीय मूलका नागरिकविरूद्ध मुद्दा

काठमाडौं । भारत घर भइ हाल काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटर काँडाघारी बस्दै आएका सुनिल कुमार सिंहविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दायर भएको छ ।
सिंहले विभिन्न आपराधिक तथा गैरकानुनी काममा संलग्न भइ ठूलो परिणाममा सम्पत्ति आर्जन गरेको आरोपमा आज सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
सिहं र उनकी श्रीमति मिना कार्कीले विभिन्न बैंक तथा वित्तीय संस्थामा १८ वटा खाता सञ्चालन गर्नुसँगै झापा, सुनसरी र भक्तपुरका विभिन्न ठाउँमा जग्गा खरिद गरेको पाइएको छ । सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने र स्वामित्व पनि परिवर्तन गर्ने गरेको खुलेको विभागले जनाएको छ ।
उनी संगठित रूपमा मानव अपहरण तथा शरीर बन्दक, अवैध हातहतियारमा संलग्न हुनुका साथै झुट्ठा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाण पत्र तथा रहदानी समेत लिएको पाइएको छ । यी मुद्दामा उनलाई विभिन्न मितिमा सजाय हुने ठहर गरी फैसलासमेत भएको छ ।
उनलाई विभागले एक करोड ५५ लाख ७६ हजार पाँच सय ७८ रूपैयाँ बिगो माग दाबी सँगै प्रचलित कानुनअनुसारको सजाय र सम्पत्ति जफतको मागसहित मुद्दा दायर भएको छ ।
त्यस्तै उनकी श्रीमति कार्की विरूद्ध एक करोड ६० लाख ८५ हजार चार सय २० रूपैयाँ सहित कानुनबमोजिम सजाय र सम्पत्ति जफतको मागसहित मुद्दा दायर भएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया