जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज आह्वान गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि बस्ने भएको छ ।
यसैगरी जसपाले नेकपा ९एकीकृत समाजवादी०पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया