एउटा नेताको बदमासीका कारण पुरै राजनीति बदनाम भयो : महामन्त्री शर्मा

काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्तिले गरेको गल्तीका कारण पुरै राजनीति बदनाम भएको बताएका छन् । राजनीतिभित्र राम्रा मानिस पनि छन् भनेर उनले बुझाउन नसकिएको स्वीकार गरे ।
‘सग्लो समाजः सङ्लो राजनीति’सम्बन्धी कर्णाली उत्सवमा आइतबार सहभागी भएका महामन्त्री शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा देखिनु चिन्ताको विषय भएको टिप्पणी गरे ।
‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उनले भने ।
गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको उनको भनाइ थियो । उनले राष्ट्रपति, प्रधानमन्त्री मन्त्री तथा सांसद बन्नेहरूको समयअविधि तोक्नुपर्ने र अर्कोलाई मौका दिँदै जानुपर्ने धारणा राखे ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया