शान्ति प्रक्रियालाई पूर्णता दिने काम सरकारको प्राथमिकतामा परेन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन् । आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्द उनले उक्त टिप्पणी गरेका हुन् ।
‘सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगले काम नसकिँदै म्याद सकिने र थप्ने क्रम चलिरहेको तर शान्ति प्रक्रियाका कामलाई पूर्णता दिनेगरी ठोस कार्यक्रम ल्याएको छैन’, उनले भने, ‘अहिलेको सरकारले त्यस (आयोग)को म्याद थप्यो । म्याद थपेको पनि केही समय बित्यो । तर, त्यसलाई फेरि गठन गरेर गर्नुपर्ने कामहरु भइरहेको छैन् ।’
सभामुख घिमिरेले शसस्त्र युद्धमा मान्छेहरुले पाएका सास्तीहरू, द्वन्द्वका कारण अपांगता भएकाहरूको जिवीकोपार्जनका निम्ति अप्ठ्यारोमा सरकार गम्भीर नभएको आरोप लगाए ।
ताजा अपडेट
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
प्रतिक्रिया