शान्ति प्रक्रियालाई पूर्णता दिने काम सरकारको प्राथमिकतामा परेन : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन् । आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्द उनले उक्त टिप्पणी गरेका हुन् ।
‘सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगले काम नसकिँदै म्याद सकिने र थप्ने क्रम चलिरहेको तर शान्ति प्रक्रियाका कामलाई पूर्णता दिनेगरी ठोस कार्यक्रम ल्याएको छैन’, उनले भने, ‘अहिलेको सरकारले त्यस (आयोग)को म्याद थप्यो । म्याद थपेको पनि केही समय बित्यो । तर, त्यसलाई फेरि गठन गरेर गर्नुपर्ने कामहरु भइरहेको छैन् ।’
सभामुख घिमिरेले शसस्त्र युद्धमा मान्छेहरुले पाएका सास्तीहरू, द्वन्द्वका कारण अपांगता भएकाहरूको जिवीकोपार्जनका निम्ति अप्ठ्यारोमा सरकार गम्भीर नभएको आरोप लगाए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया