NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

जेएनयूमा वामपन्थी र एबिभिपी विद्यार्थीबीच फेरि झडप

काठमाडौं । जवाहरलाल नेहरू विश्वविद्यालय फेरि एकपटक चर्चामा छ।

छत्रपति शिवाजी महाराजको जन्मजयन्तीको अवसरमा जेएनयू क्याम्पसमा एबीभीपीले आयोजना गरेको कार्यक्रममा भएको तनावपछि पुनः जेएनयू चर्चामा आएको हो ।

एबिभिपीले छत्रपति शिवाजी महाराजको जयन्तीमा आयोजित कार्यक्रममा वामपन्थीसँग सम्बद्ध विद्यार्थीहरूले आक्रमण गरेको आरोप लगाएको छ।

मिडिया रिपोर्टका अनुसार वामपन्थीले एबिपिपीका विद्यार्थीहरूको तर्फबाट आक्रमण भएको आरोप लगाएको छ।

सामाजिक सञ्जाल र समाचार एजेन्सी एएनआईले शेयर गरेका तस्बिर र भिडियोमा शिवाजीको तस्बिर भुइँमा लडिरहेको र वरपर उभिएका विद्यार्थीहरूले नारा लगाएको देख्न र सुन्न सकिन्छ।

एभिबिपीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत घटनाको तस्बिर र भिडियो साझा गरेको छ।

उसले लेखेको छ, “जेएनयू विद्यार्थी संघको कार्यालयमा वामपन्थीहरूले वीर शिवाजीको तस्बिरबाट माला हटाइदिए र तस्विर फ्याँकिदिए। त्यहाँ राखिएका अन्य महापुरुषका तस्बिर पनि फाले । हामी यसको निन्दा गर्दै कारबाही गर्न माग गर्दछौं।’

एनएसयूआईसँग सम्बन्धित जेएनयूका एक विद्यार्थीले भने, “एबिभिपी सदस्यहरूले जेएनयूएसयू कार्यालयमा शिवाजीको तस्विर राखेका थिए, जसका लागि जेएनयूएसयूको अनुमति आवश्यक छ। यसका बावजुद एबिभिपीले यो तस्बिर अवैध रूपमा राख्यो। त्यसपछि विद्यार्थी आएर तस्बिर हटाउन थाले । परिणामतः दुई पक्षबीच झडप भयो ।’

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार जेएनयू विद्यार्थी संगठनले आईआईटी बम्बेका विद्यार्थी दर्शन सोलंकीको आत्महत्याको विषयलाई लिएर मार्च निकालेको थियो । जेएनयू विद्यार्थी संगठनले यो मार्चको क्रममा एबीभीपीले केही विद्यार्थीमाथि आक्रमण गरेको आरोप लगाएको छ ।

एबिभिपीले भने यी आरोपहरूको खण्डन गरेको छ ।

जेएनयूएसयूले एक विज्ञप्तिमा भन्यो, ‘एबिभिपीले फेरि विद्यार्थीहरूलाई आक्रमण गरिरहेको छ। दर्शन सोलंकीका बुवाको सल्लाहमा आयोजना गरिएको मैनबत्ती मार्चपछि यो हमला भएको हो । एबिभिपीले जातीय भेदभावविरुद्धको अभियानबाट ध्यान हटाउन फेरि यस्तो गरेको छ।’

यो कार्यक्रमलगत्तै वामपन्थी विद्यार्थीले शिवाजीको तस्बिरबाट माला हटाएर फ्याँकेको उसले बताएको छ ।

जेएनयूमा वामपन्थी र एबीभीपीबीच झगडा भएको यो पहिलो घटना होइन। विगत वर्षदेखि नै यहाँ विद्यार्थीहरू आमनेसामने हुँदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष