फेल भएको आक्रोसमा विद्यार्थीले जलाए प्रिन्सिपल, अवस्था गम्भीर
काठमाडौं । परीक्षामा अनुत्तीर्ण गरिदिएको आक्रोसमा एक विद्यार्थीले कलेजका प्रिन्सिपल (प्राचार्य) लाई पेट्रोल छर्किएर जलाएका छन् । विद्यार्थीको घातक निशानामा परेकी प्राचार्यको अवस्था गम्भीर छ ।
भारतको इन्दौरस्थित बिएम कलेजको फार्मेसी विभागकी प्राचार्य विमुक्त शर्मालाई एक विद्यार्थीले पेट्रोल खन्याएर आगो लगाएका हुन् । सोमबार साँझ भएको घटनामा उनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।
समाचारहरूमा जनाइएअनुसार, कलेजको काम सकेर घर जान कार चढेलगत्तै सोमबार साँझ उनीमाथि आक्रमण भएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । तर शरीरको धेरै भाग जलेकाले अवस्था जतिल छ ।
आफ्नो शिक्षिकामाथि आगो लगाउने विद्यार्थीको नाम आशुतोष श्रीवास्तव हो। यस्तो जघन्य अपराध गरेर फरार उनले पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेका थिए । स्थानीयको अवरोधका कारण उनको त्यो प्रयास भने सफल हुन सकेन । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
उनी उज्जैन नजिकै रहेको नागदाका बासिन्दा हुन् । सातौं सेमेस्टरमामा अनुत्तीर्ण उनले सातौं र आठौं सेमेस्टरको परीक्षा दिएका थिए । उक्त परीक्षा जुलाई २०२२ मा उत्तीर्ण गरे पनि कलेजले मार्कसिट रोकेको र त्यसकै प्रतिक्रियामा उनले यस्तो अपराध कर्म रोजेको बताइएको छ ।
घटनापछि भारतको शिक्षाक्षेत्र आक्रोसित बनेको छ । प्रशासनको लापरबाहीले घटना हुन पुगेको आरोप लगाउँदै उनीहरूले यसको निन्दा गरेका छन् ।
(एजेन्सी)
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया