‘पावर सेयरिङ’मा माधवले खोजे आफ्नो भूमिका

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘पावर सेयरिङ’मा आफ्नो भूमिका खोजेका छन् । मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राजनीतिक पद बाँडफाँटमा आफ्नो भूमिका खोजेका हुन् ।
यसैगरी राष्ट्रपतिमा तपाईंको चर्चा छ नि भन्ने विषयमा सोधिएको प्रश्नमा त्यसमा आफूले अहिले केही सोच नबनाएको बताएका छन् ।
‘पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ । अरूको निम्ति मात्रै हामी बलिदना हुनुपर्ने र त्यसको फाइदा अरूले मात्र उठाउने हुन सक्दैन’, उनले भने ।
राष्ट्रपतिको विषयमा तत्कालीन सत्ता गठबन्धनसँग आफूले प्रस्ताव गरिसकेको जिकिर गर्दै उनले यसमा कांग्रेस र माओवादी पनि सहमत भएको दाबी गरे ।
त्यस्तै ओलीसँगको भेटबारे प्रसंग कोट्याउँदै उनले आफूसँग कुरा गर्न चाहने सबैसँग कुराकानी भइरहेको बताए ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया