शबाब लडाकुद्वारा १० सर्वसाधारणको हत्या
काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक आवासीय भवनमा मङ्गलबार साँझ सोमाली सुरक्षा बलहरूले अल–शबाब लडाकुहरूले गरेको १० घण्टा लामो घेराबन्दी अन्त्य गरेको छ । उक्त प्रायसको झडपमा १० जना सर्वसाधारणको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा चार सुरक्षा अधिकारीसहित सात जना घाइते भएको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बलहरूले चार जना आक्रमणकारीलाई गोली हानी मारेको छ।’
मङ्गलबार दिउँसो चरमपन्थीहरूले मध्य सोमालियामा सैनिक कारबाहीमा घाइते भएर उपचार गराइरहेका सरकार समर्थक मिलिशियाहरू बस्ने आवासीय भवनमा आक्रमण गरेका थिए । आफू समर्थित सञ्चारमाध्यमहरू मार्फत पछिल्लो आक्रमणको जिम्मेवारी लिने अल–शबाबले आफ्ना लडाकुहरूले सैनिक र सर्वसाधारणसहित कम्तीमा ७० जनाको ज्यान गएको दाबी गरेको छ ।
सरकार समर्थक मिलिशियाको समर्थनमा रहेको सोमाली सरकारले शबाब लडाकुहरूलाई उनीहरू लुकेको ठाउँहरूबाट हटाउन मध्य सोमालियामा संयुक्त कारवाही सञ्चालन गरिरहेको छ । गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया