आम आदमी पार्टीका विधायक घुस लिएको आरोपमा पक्राउ
काठमाडौं । आम आदमीका विधायक अमित रतन घुस लिएको आरोपमा पक्राउ परेका छन् । १६ फेब्रुअरीमा सार्वजनिक घुसखोरी मुद्दामा संलग्नको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
गत साता उनका पिए रशिम गर्ग चार लाख घुससहित पक्राउ परेका थिए । उनका पीए गिरफ्तार भएपछि पञ्जाबका विपक्षी दल कांग्रेस, अकाली दल र भाजपाले विधायक अमित रतनलाई पक्राउ गर्न माग गरेका थिए । चर्को दबाबबीच विधायकको उपस्थितिमा उनलाई पक्राउ गरिएको हो ।
कांग्रेसका वरिष्ठ नेता र पञ्जाबका विपक्षी नेता प्रताप सिंह बाजवाले यस घुसखोरी मामिलामा कडा कारबाही नगरेकोमा पञ्जाब सरकारको आलोचना गरेका छन् ।
भटिण्डाका विधायक उनलाई बिहीबार जिल्ला अदालत भटिण्डामा पेस गरिने छ ।


प्रतिक्रिया