सवारी दुर्घटनामा भारतमा ११ जनाको मृत्यु
एजेन्सी । मध्य भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् ।
‘हिजो राति भएको सडक दुर्घटनामा चार जना बालबालिकासहित ११ जनाको ज्यान गएको छ, घाइते १० जनालाई रायपुर अस्पताल भर्ना गरिएको छ’ वरिष्ठ प्रहरी अधिकारी सिद्धार्थ बघेलले सञ्चारमाध्यमलाई भने ।
पीडितहरु अर्जुनी क्षेत्रमा पारिवारिक कार्यक्रममा गएर घर फर्किरहेका थिए । दुर्घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको तथा त्यसको कारण पत्ता लगाउन प्रहरीले आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य मानिन्छन् ।
अधिक भार बोकेका सवारी साधन, जीर्ण सडक र लापरवाहीपूर्वक सवारी हाँक्दा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । एक तथ्यांकअनुसार भारतमा हरेक वर्ष हुने पाँच लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया