NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने

काठमाडौं । पात्रोमा उल्लेखित विदाबाहेक नेपाल सरकारबाट घोषणा भएका अतिरिक्त आकस्मिक विदा घोषणा भएको दिन अब बैंक तथा वित्तिय संस्था बन्द गर्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो । यो प्रावधन परिमार्जन भएसँगै अब आकस्मिक सार्वजनिक बिदामा बैंक तथा वित्तिय संस्था खुला रहनेछन् ।

अबबाट आकस्मिक बिदाको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

आकस्मिक बिदाको दिन १० बजेदेखि १:३० बजेसम्म कार्यालय खुला राखी बैंक तथा वित्तिय आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।