भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ/ब्याज तिरेमा पेनाल ब्याज नलाग्ने

काठमाडौं । अब ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा पेनाल ब्याज नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै सो नलाग्नेबारे जानकारी गराएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ/ ब्याजमा मात्र लागु हुने भएको छ । तर, यदि ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँरब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा पु-याएको नमानिने पनि नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया