NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

साधारण सदस्यसमेत नरहने गरी प्रसाईं निस्कासित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीबाट निस्कासित भएका छन् ।

आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय समस्यसमेत नरहनेगरी निस्कासन गर्ने निर्णय गरेको हो ।

उनले पार्टीको नीतिविरूद्ध पूर्व राजा ज्ञानेन्द्र शाहको साथमा नागरिक बचाउ अभियान सुरू गरेका थिए ।

यो कार्यक्रमपछि पार्टीले उनलाई कारवाहीको प्रक्रिया अघि बढाएसँगै प्रसाईंले एमाले छोड्ने घोषणा गरेका थिए ।