मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, कसले माग्यो राजीनामा ?
काठमाडौं । शनिबार दिउँसो मेयर बालेन्द्र शाहको ट्वीटर ह्याण्डलबाट एउटा ट्वीट सार्वजनिक भयो । ट्वीटमा लेखिएको छ, मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।
उनको यो ट्वीटले उनी राजीनामा गर्ने परिस्थितीमा पुगिसकेको देखिन्छ । नयाँ राष्टपति निर्वाचनका लागि मनोनयन दर्ताले राजनीतिक गर्मी बढिरहेका बेला मेयर बालेनको यस्तो भनाई सार्वजनिक भएको हो ।
तर उनले त्यसपछि थप कुनै प्रतिक्रिया दिएका छैनन् । मेयर बालेनको मोबाइल पनि स्वीचअफ भएको छ ।
वडाध्यक्ष इश्वरमान डंगोल भन्छन्, ‘मेयरलाई कसैले दबाब दिदैन, यो स्टन्टमात्रै हो’
उनको सचिवालय सदस्यहरुको मोबाइलस्वीच समेत अफ गरिएको छ ।
महानगरपालिकाका एक कर्मचारीले भने मेयर बालेनको ह्याण्डलबाट सार्वजनिक अभिव्यक्ति दुरुपयोग भएको हुनसक्ने आँकलन गरेका छन् । उनले मेयर शाहले अहिले राजीनामा दिनुपर्ने गरि परिस्थिती विकसित भएको मशसुस नगरेको बताए ।
उनले भने, मेयरसाब सामाजिक संजालबाट चर्चामा आउन रुचाउनु हुन्छ । उहाँ आफैँले पनि आवेगमा लेखेको हुनसक्छ । मलाई चाँही उहाँको ह्याण्डल अरुबाटै हरुपयोग भएको जस्तो लाग्यो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया