NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, कसले माग्यो राजीनामा ?

काठमाडौं । शनिबार दिउँसो मेयर बालेन्द्र शाहको ट्वीटर ह्याण्डलबाट एउटा ट्वीट सार्वजनिक भयो । ट्वीटमा लेखिएको छ, मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।

उनको यो ट्वीटले उनी राजीनामा गर्ने परिस्थितीमा पुगिसकेको देखिन्छ । नयाँ राष्टपति निर्वाचनका लागि मनोनयन दर्ताले राजनीतिक गर्मी बढिरहेका बेला मेयर बालेनको यस्तो भनाई सार्वजनिक भएको हो ।

तर उनले त्यसपछि थप कुनै प्रतिक्रिया दिएका छैनन् । मेयर बालेनको मोबाइल पनि स्वीचअफ भएको छ ।

वडाध्यक्ष इश्वरमान डंगोल भन्छन्, मेयरलाई कसैले दबाब दिदैन, यो स्टण्टमात्रै हो

उनको सचिवालय सदस्यहरुको मोबाइलस्वीच समेत अफ गरिएको छ ।

महानगरपालिकाका एक कर्मचारीले भने मेयर बालेनको ह्याण्डलबाट सार्वजनिक अभिव्यक्ति दुरुपयोग भएको हुनसक्ने आँकलन गरेका छन् । उनले मेयर शाहले अहिले राजीनामा दिनुपर्ने गरि परिस्थिती विकसित भएको मशसुस नगरेको बताए ।

उनले भने, मेयरसाब सामाजिक संजालबाट चर्चामा आउन रुचाउनु हुन्छ । उहाँ आफैँले पनि आवेगमा लेखेको हुनसक्छ । मलाई चाँही उहाँको ह्याण्डल अरुबाटै हरुपयोग भएको जस्तो लाग्यो ।

मेयर बालेनलाई राजीनामा गर्न कसले भन्यो ?