वडाध्यक्ष इश्वरमान डंगोल भन्छन्, ‘मेयरलाई कसैले दबाब दिदैन, यो स्टन्टमात्रै हो’

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहलाई राजीनामा गर्न दवाव आएको विषयलाई महानगरकै वडाध्यक्षले स्टन्ट भनेका छन् ।
उनले मेयरलाई कसैले राजीनामाका लागि दवाव दिन नसक्ने भन्दै यो सुहाउने कुरा नभएको वडानं १५ का वडाध्यक्ष इश्वरमान डंगोलले बताए ।
‘मेयर ५ बर्षका लागि निर्वाचित भएको हुन्छ । यो कार्यकालमा उसलाई कसैले दवाव दिने, हटाउने भन्ने हुँदैन । उहाँलाई किन यस्तो भयो, हामीले बुझेको छैन,’ नेपालवाचसँग कुरा गर्दै वडाध्यक्ष डंगोलले भने, ‘मेयरले कसैको हस्तक्षेप, दवावमा राजीनामा दिने कुरा हुँदैन । अब दबाब कहाँबाट कसरी आयो थाहा भएन । मेयरसाबसँग बुझ्नुपर्छ ।’
उनले मेयर शाहलाई कार्यपालिकाले साथ र सहयोग गरेको समेत बताए । उनले थप भने, ‘दबाब आउने कुरै होईन । यो उहाँको स्टन्टमात्रै हुनसक्छ । वा उहाँको ट्वीटर दुरुपयोग पनि भएको हुनसक्छ ।’
मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, कसले माग्यो राजीनामा ?
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया