राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले खोजे एमालेको भुमिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले समेतको भूमिका खोजेका छन् । आइतबार गोरखामा भएको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताएका हुन्।
‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ । फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भइयो। राष्ट्रिय सहमतिका लागि एमालेसँग पनि कुराकानी भइरहेको छ’, उनले भने ।
माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको बताउँदै उनले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा एमालेको भूमिका खोजेका हुन् ।
शनिबार गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका नेतासमेत रहेका पौडेलले उम्मेदवारी दर्ता गरेपछि सहमतिबाट एमाले कतै जान नसक्ने उनले बताएका थिए ।
एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्। नेम्वाङ नै राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार हुने एमालेले दाबी गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया