NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

आत्मनिर्भर लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन  रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आइपिओ को बिक्री खुला गरेकोे थियो । कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिसेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो ।

आत्मनिर्भर लघुवित्तकाे आइपिओ निष्काशन