सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रास्वपाले निर्णय लिँदै
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बिहान ११ बजे केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन र राष्ट्रपतिको निर्वाचन सम्बन्धमा छलफल हुने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने, राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा बैठकले निर्णय लिन्छ’, अर्यालले भने ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएपछि २२ माघमा सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहकार्य भंग गर्दै कांग्रेससँग समीकरण बनाएपछि सत्ता गठबन्धन भत्किएको छ । सरकारमा सहभागी राप्रपाले शनिबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
एमालेले समर्थन फिर्ता लिने कि नलिने विषयमा सोमबार बस्ने सचिवालय बैठकले निर्णय लिनेछ । १० पुसमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि रास्वपा सरकारमा सहभागी भएको थियो ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया