नीति बहस : विद्युत प्रशारण तथा वितरणलाई किन खुला गर्ने ?
काठमाडाैं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा विद्युत व्यापार गर्न नेपालको विद्युत प्रशारण लाइनमा खुला पहुँच गरिनुपर्ने विषयमा छलफल गरिएको छ ।
विद्युत नियमन आयोगका पूर्व सदस्य डा रामप्रसाद धिताल र निजी क्षेत्रको छाता संगठन आइपानका सदस्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्युत व्यापारमा पहल गर्ने उत्तम भ्लोनले कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपध्यक्ष डा गोबिन्दराज पोखरेलसँग यसबारेमा विचार विमर्श गरेका छन् ।
कार्यक्रममा डा धितालले विद्युत व्यापार बढाउन, यसमा भइरहेको एकल प्रणाली हटाउन र विद्युत सस्तो बनाउन पनि यसमा खुला पहुँच आवश्यक रहेको बताए । ‘विद्युतीय प्रशारणमा सबैलाई पहुँच दिँदा प्रतिस्पर्धी भावना विकासित हुने र सर्वसाधरणले तिर्ने शुल्कमा पनि कमी आउँछ,’ उनले भने ।
भ्लोनले विद्युतमा खुला पहुँच अब नेपालको लागि पनि अपरिहार्य रहेको तर्क प्रस्तुत गरे । विद्युत प्रशारणमा खुला पहुँच निजी क्षेत्रको लागिमात्रै नभएर पुरै मुलुकको लागि आवश्यक रहेको उनले औंल्याए । राज्यले यसबाट उठाउन सक्ने लाभलार्ई मध्यनजर गरेर अहिले पिपिए लाइसेन्स लिन बसेकाहरूलाई यसको उपलब्धता गराइनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा विद्युतबारे परिवर्तन भएको भाष्य, यसको पहुँच खुला बनाउनका लागि विद्यमान नीतिगत चुनौती र समाधानलगायतका विषयमा चर्चा गरिएको छ ।
भिडियोमा हेर्नुहोस् यसबारेमा भएको छलफलको पूरा अंश ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया