सुडानका ४० लाख बालबालिकालाई कुपोषण
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ । सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो ।
तीमध्ये छ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।
खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौँ लाख नागरिक विस्थापित भएर बसेका छन् । विस्थापित भएका अरु दशौँ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको पनि बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यहाँ मानवीय सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया