रचनाको स्वरमा ‘जय माँ पाथीभरा’ सार्वजनिक
काठमाडौं । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको ‘जय माँ पाथीभरा’ बोलको भजन भर्खरै सार्वजनिक भएको छ ।
पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायांकन गरिएको हो ।
दिनेश कोइरालाको अभिनय रहेको उक्त भजनमा कलर तथा सम्पादन रचनाकार दाहालकै रहेको छ । उक्त भजनलाई अहिले धर्मप्रेमी स्रोता तथा दर्शकले पनि रूचाएर राम्रो प्रतिक्रिया दिएको रचनाकार दाहालले बताए ।
यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रेकर्ड गरी सार्वजनिक गरिएको भजनका संगीतकार क्षेत्रीले जानकारी दिए।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया