आँधीले अमेरिकाको जनजीवन प्रभावित
काठमाडौं (एजेन्सी) । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा भारी हिमपात गराएको चिसो आँधी पूर्वतिर सरेको छ । जसको प्रभावले त्यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
बिबिसीका अनुसार, ओक्लाहोमा, कान्सास, मिसौरी र टेक्सासमा आँधीले घर भत्काउनुका साथै विद्युत् सेवा अवरुद्ध पारेको छ । हजारौं मानिस विद्युत सेवाबाट वञ्चित बनेका छन् ।
आँधीमा परी हालसम्म कम्तीमा १२ जना घाइते भएका छन् ।
अमेरिकाको माथिल्लो मध्यपश्चिम क्षेत्रको मौसम यस हप्ताको अन्त्यसम्म खराब रहने पूर्वानुमान छ।
अहिलेसम्म सबैभन्दा बढी विनाश क्यालिफोर्नियामा भएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरेर सडक र समुद्री किनारा बन्द गरिएको छ।
रिपोर्टका अनुसार, ओक्लाहोमा राज्यमा आइतबार राति सात वटा आँधी आएको थियो। त्यहाँको भिडियो फुटेजमा कारहरू पल्टिएको र घरका छानाहरू उडाएको देखिन्छ ।
उत्तरी टेक्सासको ओक्लाहोमाको सिमानामा हावाको गति १८३ किलोमिटर प्रतिघण्टा रेकर्ड गरिएको थियो। यो श्रेणी ३ को हरिकेन बराबर हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया