NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मेरी बास्सैमा फर्किए ‘माग्ने बुढा’

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा कुनै बेला आकर्षणको केन्द्र थिए, माग्ने बुढा र धुर्मुस । यी कलाकारलाई स्थापित गर्ने सिरियल नै बन्यो मेरी बास्सै । तर कालान्तरमा उनीहरू यसबाट ओझेल परे । धुर्मुस समाज सेवामा केन्द्रित भए भने माग्ने बुढा फिल्ममा ।

यिनैमध्येका एक केदार घिमिरे उर्फ माग्ने बुढा यो टेलिश्रृंखलामा पुनरागमन हुने भएका छन् । मिडिया हबका अनुसार, मंगलबार प्रसारण हुने मेरी बास्सैको नयाँ भागमा उनी देखिनेछन् ।

घिमिरेले परिचय दिएको टेलिफिल्ममा पुनरागमन गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

माग्ने बुढासँगै अर्की कलाकार बेनिसा हमाल पनि श्रृंखलामा देखिने भएकी छन् ।