NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अँध्यारोमा होइन घाम लागेका बेलामा गठबन्धन भत्काएको हो : महामन्त्री थापा

काठमडौं । कांग्रेसका महामन्त्री गगन थापाले संघदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने जिकिर गरेका छन् । १० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए ।

‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्‍छ,’ ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’

कार्यक्रममा उनले दुई महिनापछि आफूहरू एक ठाउँमा उभिएका बताउँदै अहिले जे भएको छ राम्रो भएको छ तर्क गरे । तर अबको बाटो सहज छैन उनको ठम्यमाइ थियो ।