NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रास्वपाको चुनाव चिन्ह फेरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन भएको छ ।

यसअघि निर्वाचन आयोगमा दर्ता भएको गोलाकार भित्रको घण्टी चुनाव चिन्हलाई परिमार्जन गरी घेरा हटाइएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

पार्टीले आयोगमा पेश गरेको विधानको अनुसूची २ रहेको साविक चुनाव चिन्हलाई संशोधन गरी घेरा नभएको घण्टी चिन्हलाई मान्यता दिएको रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले गोलाकार भित्र रहेको घण्टी चिन्न लिएर निर्वाचनमा भाग लिएको थियो ।

No photo description available.