आजदेखि बीपीडब्लु लघुवित्तको आईपीओ निष्काशन
काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (१८ फागुन) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गरेको छ ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणको लागि आईपीओ निष्कासन खुला गरेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमध्ये १० प्रतिशतले हुने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्ककासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै १ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा लगानीकर्ताले २३ फागुनसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २ गतेसम्म थप हुनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछ् ।
लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया