NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

शाहरुखकी पत्नीविरुद्ध उजुरी

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भारतीय सञ्चारमाध्यमले उत्तर प्रदेशको लखनउका एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध एफआइआर दर्ता गरेको जनाएका छन् ।

फिल्म निर्माता तथा चर्चित डिजाइनर गौरीमाथि धोकाधढी गरेको आरोप छ ।

टाइम्स अफ इण्डियाका अनुसार, गौरी ब्रान्ड एम्बेसडर रहेको कम्पनीले फ्ल्याट उपलब्ध गराउन ८६ लाख रूपैयाँ लिएको थियो । सम्झौताअनुसार फ्ल्याट उपलब्ध नभएपछि गौरीसहित तीन जनाविरुद्ध उजुरी परेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष