NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बिजबजारको ‘२० मा बिज’  : होली पर्वलाई लक्षित, विभिन्न शीर्षकमा आकर्षक छुट

काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा BIZ’ नामक क्याम्पिएनअन्तर्गतको फाल्गुन महिनाको Campaign फाल्गुन १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ ।  Campaign का केही योजनाहरू फाल्गुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा BIZ होली पर्वलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।

यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको  Electronics: Hi-Tech Holi योजनामा ५० प्रतिशत सम्म, Apparel: Splash into Style योजनामा ६० प्रतिशत सम्म, Home Decor & Furniture: Holi-fy your Home योजनामा ५० प्रतिशत सम्म, Health & Beauty: Color Me Happy योजनामा ५० प्रतिशत सम्म र Women’s Day Special: Holi with Her योजनामा ६० प्रतिशत सम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै सेवाग्राहीहरूले फाल्गुन २० र २१ गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारका अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै https://bizbazar.com.np/ टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।