लेबनानकाे शरणार्थी शिविरमा झडप हुँदा एकको मृत्यु, सात घाइते
बेरुत । दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।
नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ ।
हताहत बाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पु¥याएको लेबनानमा रहेको अंग्रेजी समाचारपत्र आफ्नो वेबसाइटमा जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया