NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

शनिबार आरटीजीएस प्रणाली सुचारू रहने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ ।

राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली सुचारू रहने जानकारी गराएको हो ।

राष्ट्र बैंकले विकास ॠणपत्र २०७९  ‘क’ को बाह्रौँ किस्ताको व्याज तथा सावाँ भुक्तानीको लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचनामार्फत जानकारी गराएको छ ।

राष्ट्र बैंकका  अनुसार  आरटीजीएस प्रणाली भोलि बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ला रहनेछ ।