पार्टीको भविष्य भन्दा कांग्रेसको चित्त दुख्ला भन्नेमा माओवादी नेतृत्व चिन्तित
काठमाडौं । नेकपा माओवादी केन्द्रले विना शर्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विस्वासको मत दिने भएको छ ।
सत्ता संचालनमा लिखित सहमति बिना कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई विस्वासको मत नदिने निर्णयबाट माओवादी केन्द्र आज पछि हटेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रको संसदीय दललाई निर्देशन दिएको थिए ।
त्यसअघि हिजो माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।
पार्टीको स्पष्ट हैसियत विना कांग्रेसलाई विस्वासको मत दिदा पार्टीको सांगठानिक संरचनामा धक्का लाग्ने भन्दै प्रदेश संसदीय दलले कांग्रेससँग लिखित सम्झौताको प्रस्ताव गरेको थियो ।
तर कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बढी चिन्तित भएपछि शर्तविनै माओवादी केन्द्रका सांसदहरुले विस्वासको मत दिने भएका हुन् ।
माओवादी केन्द्रले यसअघि एमालेसँग भएको सम्झौता जस्तै मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने माग राखेको थियो ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेले भने शाहलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया