बाबुरामको प्रश्न : बाहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्याएको हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन वर्ष अघिको सामान्य भनाइलाई लिएर बाहालवाल प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गरेका छन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सामान्य विषयलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु गलत भएको टिप्पणी गरे । पछिल्लो समय माओवादी युद्धलाई अपराधिकरण गर्न खोजिएकोमा आपत्ति जनाउँदै उनले सबै शक्तिलाई एक ठाउँमा आउन आह्वान गरे ।
‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ?’, उनले प्रश्न उठाए ।
अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश द्ववय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार दर्ता गर्न आदेश दिएको थियो । प्रचण्डविरुद्ध रिट निवेदन दर्ता भएपछि आइतबार नै माओवादी केन्द्रले आपत्ति जनाइसकेको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया