सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्रस्ताव गरेका हुन् ।
उनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले शाहलाई विश्वासको मत दिएका थिए । मतविभाजनमा शाहले ४१ मत पाए भने विपाक्षमा ११ मत परेको छ ।
यसअघि एमालेबाट माओवादी केन्द्रको साझैदारीमा मुख्यमन्त्री भएको राजेन्द्रसिंह रावलले सत्तारुढ दल नाउपाकोसमेत समर्थन नपाएपछि पदमुक्त भएका थिए । रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदमा बसैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनमा संघको राजनीति समीकरण बदलिएपछि मुख्यमन्त्री शाहलाई राहत मिलेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया