सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्रस्ताव गरेका हुन् ।
उनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले शाहलाई विश्वासको मत दिएका थिए । मतविभाजनमा शाहले ४१ मत पाए भने विपाक्षमा ११ मत परेको छ ।
यसअघि एमालेबाट माओवादी केन्द्रको साझैदारीमा मुख्यमन्त्री भएको राजेन्द्रसिंह रावलले सत्तारुढ दल नाउपाकोसमेत समर्थन नपाएपछि पदमुक्त भएका थिए । रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदमा बसैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनमा संघको राजनीति समीकरण बदलिएपछि मुख्यमन्त्री शाहलाई राहत मिलेको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया