माओवादीविरुद्ध घेराबन्दी भयो, अब मिल्नुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीलाई एक ठाउँमा आउन आग्रह गरेका छन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले माओवादी आन्दोलन कमजोर नभए पनि आफूहरू विभिन्न धार र भंगालामा बाढिएपछि प्रभाव घटेको बताए ।
‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता सबैले महशुस गरेका छन् । म साथीलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु’, उनले भने, ‘माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन् ।’
माओवादीहरू विभिन्न धारामा विभाजित भएको थाहा पाएर नै प्रतिक्रियावादीले विभिन्न किसिमका भ्रमहरू छर्ने र घेरा हाल्ने षड्यन्त्र गरिरहेको उनले आरोप लगाए।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया