माओवादी युद्धले नेपालमा राजतन्त्र ढलेको होइन : ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले माओवादी युद्धका कारण नेपालमा राजतन्त्र नहटेको दाबी गरेका छन् ।
आइतबार सुखानी स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रमा सम्बोधन गर्दै ओलीले स्वार्थका लागि माओवादीले १७ हजार मान्छे मारेको आरोप लगाए ।
‘माओवादी युद्धले राजसंस्था ढलेको होइन । ०६५ मा संविधानसभाले राजतन्त्र हटायो, माओवादीले हटाएको होइन होला ? जनयुद्धले राजतन्त्र कब्जा गरेको होइन होला नि ? १७ हजार के को लागि मारियो ?’, माओवादीमाथि उनले प्रश्न उठाए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया