NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

टिसिएलको नि:शुल्क एसी सर्भिस क्याम्प, एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुट

काठमाडाैं । एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरिरहेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्ने सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त पुरानो एसीको उचित मूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय एसी सँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ । र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछन् ।

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिरहेको छ । नयाँ टिसिएल एसीहरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी  र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।