बालुवाटारमा ९ दलको प्रतिवद्धता : शान्ति प्रक्रियाको बाँकी काम चाँडै पूरा गर्ने

काठमाडौं । संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दल सहमत भएका छन् ।
आइतबार साँझ बालुवाटारमा बसेको सत्तारुढ ९ दलको बैठकले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बैठकले शान्ति सम्झौता र संविधानको भावनाअनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा जोड दिएको छ ।
पछिल्लो समयमा संक्रमणकालीन न्यायका बारेमा उठेका धारणाबारे आफूहरुको ध्यानाकर्षण भएको भन्दै ९ दलले भनेका छन्, द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’
कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने भन्दै ९ दलले देशकै महत्वपूर्ण एजेण्डाका रुपमा रहेको सबैको साझा विषयलाई उचित निष्कर्षमा पु¥याउन सबैको सकरात्मक भूमिका र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।
प्रतिक्रिया