एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडाैं । एनआईसी एशिया लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २१ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाखको १४ दशमलव ७५ प्रतिशतले हुन् आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया