बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी, १२ हजार प्रभावित
काठमाडौं । बंगलादेशको दक्षिणपूर्व क्षेत्रमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छाना गुमाएका छन् ।
आइतबारदेखि सुरु आगलागीमा छिमेकी म्यानमारको हिंसाबाट भागेका करिब १२ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ ।
स्थानीय समय अनुसार आइतबार दिउँसो ३ः४५ बजेतिर लागेको आगोले बाँसबाट आश्रयस्थललाई एकै छिनमा ध्वस्त पारेको थियो ।
कारण नखुलेको यो घटनामा मानवीय क्षति भने भएको छैन ।
बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई करिब २ हजार टहरा जलेको र यसबाट १२ हजार मानिसको आश्रयस्थल गुमेको जनाएका छन् ।
करिब तीन घण्टा लागेको आगोबाट कम्तीमा ३५ मस्जिद र शरणार्थीका लागि बनेका करिब २१ वटा लर्निङ सेन्टर जलेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया