NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी, १२ हजार प्रभावित

काठमाडौं । बंगलादेशको दक्षिणपूर्व क्षेत्रमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छाना गुमाएका छन् ।

आइतबारदेखि सुरु आगलागीमा छिमेकी म्यानमारको हिंसाबाट भागेका करिब १२ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ ।

स्थानीय समय अनुसार आइतबार दिउँसो ३ः४५ बजेतिर लागेको आगोले बाँसबाट आश्रयस्थललाई एकै छिनमा ध्वस्त पारेको थियो ।

कारण नखुलेको यो घटनामा मानवीय क्षति भने भएको छैन ।

बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई करिब २ हजार टहरा जलेको र यसबाट १२ हजार मानिसको आश्रयस्थल गुमेको जनाएका छन् ।

करिब तीन घण्टा लागेको आगोबाट कम्तीमा ३५ मस्जिद र शरणार्थीका लागि बनेका करिब २१ वटा लर्निङ सेन्टर जलेका छन् ।