भियतनामको सबैभन्दा ठूलो व्यापार मेला अप्रिलमा
हनोई। भियतनाम एक्स्पो २०२३ अप्रिल ८ देखि १५ सम्म राजधानी हनोईमा आयोजना हुँदैछ । उक्त एक्सपोमा १५ देशका विभिन्न क्षेत्रका उत्पादनहरूको प्रदर्शनी हुने आयोजकले बताएका छन् ।
सन् १९९१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको भियतनाम एक्सपो भियतनामी व्यवसायहरूका लागि आफ्ना उत्पादनहरूको प्रचारप्रसारका लागि उपयुक्त मञ्च हुने विश्वास गरिएको छ ।
यस वर्षको प्रदर्शनीमा १५ देशका विभिन्न ५०० भन्दा बढी कर्पोरेशनहरूको सहभागिता रहने आयोजक भिनेक्सड कम्पनीले जनाएको छ।कार्यक्रमले इलेक्ट्रोनिक्स, मेसिनरी, उपकरण र सहयोगी उद्योगहरू, डिजिटल प्रविधि, र ई(कमर्स लगायतका विभिन्न उद्योगहरूलाई समेट्नेछ।
आयोजकका अनुसार प्रदर्शनीको मुख्यतया चीन, कम्बोडिया, इन्डोनेसिया र दक्षिण कोरियालगायत देशका उत्कृष्ट उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अन्तरराष्ट्रिय मञ्च समावेश छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया