सिंहदरबारमा ८ दलको बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं । राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतको आदेश लगायत विषयमा छलफल गर्न सत्तारूढ ८ दलको बैठक बस्ने भएको छ ।
कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयको अनुसार बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुनेछ ।
यसअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्याउने सहमति गरेका थिए । अदालतको अदेश बमोजिम कानुन संशोधन गर्ने निर्णय गरेका थिए ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया