सिंहदरबारमा ८ दलको बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं । राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतको आदेश लगायत विषयमा छलफल गर्न सत्तारूढ ८ दलको बैठक बस्ने भएको छ ।
कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयको अनुसार बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुनेछ ।
यसअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्याउने सहमति गरेका थिए । अदालतको अदेश बमोजिम कानुन संशोधन गर्ने निर्णय गरेका थिए ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया