NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

ओलीलाई प्रधानमन्त्रीको जवाफ : मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको जिकिर गरेका छन् ।

केहि दिनअघि एमालेका अध्यक्ष केपी ओलीले मुस्ताङमा सरकारले बौद्ध विश्वविद्यालय खोल्न दिएर चीन विरोधी गतिविधि गरेको आरोप लगाएका थिए । मंगलबार राजधानीमा भएकाे एक कार्यक्रममा ओलीको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सरकारले विश्वविद्यालय खोल्न स्वीकृती नदिएको बताएका हुन् ।

‘मुस्ताङमा स्थानीय तहले कलेज खोल्ने पहिल्यैदेखि चाहना गरेको हो । केन्द्र सरकारले विश्वविद्यालय खोल्न कुनै स्वीकृती दिएको छैन्’,  उनले भने ।

सोमबार सरकारले विज्ञप्ति निकाल्दै ओलीको आरोपको खण्डन गरेको थियो ।