NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्नु संसारभरको अभ्यास हो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्ने संसारभरको अभ्यास भएको जिकिर गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति घुमाउरो शैलीमा बचाउ गर्दै आवश्यकता अनुसार संसद विघटन गर्नु नौलो विषय नभएको उनले बताए ।

बुधबार पारिवारिक–निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले समस्या आएको जिकिर गरे ।

‘नेपालमा विगतमा पटक–पटक संविधान विघटन भएका छन् । संसद विघटन गर्नु संसारभरको अभ्यास हो । तर नेपालको नयाँ संविधानमा विघटन नगर्ने कुरा उल्लेख हुँदा अहिले लफडा आएको छ’, उनले भने ।

सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गरेको उनले बताए ।