सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्नु संसारभरको अभ्यास हो : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्ने संसारभरको अभ्यास भएको जिकिर गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति घुमाउरो शैलीमा बचाउ गर्दै आवश्यकता अनुसार संसद विघटन गर्नु नौलो विषय नभएको उनले बताए ।
बुधबार पारिवारिक–निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले समस्या आएको जिकिर गरे ।
‘नेपालमा विगतमा पटक–पटक संविधान विघटन भएका छन् । संसद विघटन गर्नु संसारभरको अभ्यास हो । तर नेपालको नयाँ संविधानमा विघटन नगर्ने कुरा उल्लेख हुँदा अहिले लफडा आएको छ’, उनले भने ।
सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गरेको उनले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया