राष्ट्रपतिको निर्वाचन सुरू भइसक्यो, रास्वपा अझै अनिर्णित
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भइसक्दासमेत प्रतिनिधिसभामा चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले(रास्वपाले) अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन ।
निर्वाचन आयोगको निर्धारित समयतालिका अनुसार अहिले बिहान १० बजेबाट नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मतदान सुरु भएको हो । तर राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्ने बारे निर्णय लिन ११ बजे पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
राष्ट्रपति निर्वाचन जस्तो महत्वपूर्ण विषयमा रास्वपाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगर्दा नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
‘राष्ट्रपति निर्वाचन निर्वाचन सुरू भइसक्दासमेत पार्टीको आधिकारिक धारणा नआएकोमा हामीसमेत आश्चर्यचकित भएका छौं’, कार्कीले भने, ‘निर्वाचनमा भाग लिने वा नलिने भन्नेबारे पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको जानकारी पाएका छौं । पार्टीले के निर्णय गर्छ थाहा भएन ।’
यसअघि बसेको केन्द्रीय समिति बैठकले राष्ट्रपति निर्वाचनको सम्बन्धमा आज निर्णय लिने नेताहरूले बताएका थिए । प्रतिनिधिसभामा रास्वपाको १९ सिट रहेको छ भने मतभार १ हजार ५०१ रहेको छ । उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । राष्ट्रपतिको चुनावी मैदानमा गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । उनको प्रतिस्पर्धीमा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया