राष्ट्रपति निर्वाचनको मतदान सुरु

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगको निर्धारित समयतालिकाअनुसार अहिले बिहान १० बजेबाट नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मतदान सुरु भएको हो ।
नयाँ राष्ट्रपतिका लागि अहिले बिहान १० बजेबाट मतदान सुरु भएको जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । संघीय संसदमा ३३२ र प्रदेश संसदमा ५५० सांसदले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्ने छन् । संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार कायम गरिएको छ ।
निर्वाचनमा कांग्रेस, माओवादी सम्मिलित आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ छन् ।
निर्वाचन आयोगका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । यसको अन्तिम नतिजा साँझ ६ बजेभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया