मतदानपछि पौडेल– एमालेको पनि भोट पाउँछु, अरूले जस्तो गल्ती गर्दिनँ, उदाहरणीय बन्छु

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू विजयी भएमा उदाहरणीय काम गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रपतिका लागि मतदानपछि बोल्दै उनले विगतको गल्ती नदोहोर्याउने प्रतिबद्धता जायर गर्दै यो पदको गरिमा र मर्यादा कायम राख्ने बताएका हुन् ।
मतदानपछि उनले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ,’
विगतमा राष्ट्रपतिबाट कमीकमजोरी भएको संकेत गर्दै उनले आफूबाट त्यस्तो गलत काम नहुने प्रतिबद्धता पनि जनाए ।
पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन एमाले सांसदले पनि मत दिने विश्वास व्यक्त गरे । एमालले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
आगामी राष्ट्रपतिका लागि अहिले बिहान १० बजेबाट मतदान सुरु भएको छ । संघीय सांसद र प्रदेश सांसद यो निर्वाचनका मतदाता हुन् । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै साँझ ६ बजेभित्र परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
प्रतिक्रिया