रविलाई सुरेन्द्र पाण्डेको प्रश्न : युवा क्षमताको परिक्षण गराई रहेको त छैन ?
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले रास्वपाका सभापति रवि लामिछानेको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । राष्ट्रपतिको निर्वाचनमा आफ्नो धारणा सार्वजनिक गर्न ढिलाइ गरिएकोप्रति प्रश्न उठाएका हुन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् युवाले नेतृत्व गरिरहेका भनिएका राप्रपा र रास्वपाले धारण सार्वजनिक गर्न ढिलाइ गर्नु वा अझै गर्न बाँकी रहनुले युवा क्षमतामा परिक्षण गराइरहेको त छैन भनि प्रश्न उठाए ।
‘युवाले नेतृत्व गरिरहेका भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा आफ्नो धारणा धेरै ढिला गरि गर्नु र अझै गर्न वाँकी हुनुले युवा क्षमताको परिक्षण गराई रहेको त छैन ? रविमाथि उनले प्रश्न उठाए ।
नेपाली राजनीतिमा केहि समययता युवाको आवश्यकता, युवा नेतृत्व र नयाँ पार्टीको आवश्यकताको बारे बहस चलिरहेको भन्दै युवाहरू राजनीति र देश निर्माणको कठिन यात्रा र अग्नि परिक्षामा उतिर्ण हुन सबैसामु ठुलो चुनौती रहेको उल्लेख गरका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया